एसीसी इस्टर्न रिजन : नेपालको पहिलो जित, थाइल्यान्ड ९ विकेटले पराजित

२१ फाल्गुन २०७६, बुधबार १०:२३

बैंकक : एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो।

थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट गुमाएर भट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो।