आज साँझ ६ः ०० बजे प्रधानमन्‍त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

७ चैत्र २०७६, शुक्रबार १७:०६

काठमाडौं, विश्वभर कोरोना (कोभिड(१९) भाइरसको संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले उहाँको सरकारी निवास बालुवाटारबाट राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको हो । थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले आज साँझ ६ः ०० बजे बालुवाटारबाट राष्ट्रको नाममा संबोधन गर्नुहुने भएको छ’, सल्लाहकार थापाले जानकारी दिँदै भन्नु भयो, ‘उहाँको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको छ।’