अर्घाखाँचीमा माटो खन्ने क्रममा ढुंगाले लागेर युवतीको मृत्यु

३० फाल्गुन २०७६, शुक्रबार ११:०८

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।