अर्घाखाँचीको शितगङ्गामा असिनाले चुटेर बालकको मृत्यु

२ चैत्र २०७६, आईतवार १५:२९

अर्घाखाँची, अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो डोहोटेको कुँडुले जङ्गलमा मृत भेटिएका हुन्। बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। घटनाबारे अनुसन्धान भइरहेको छ।