अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले देशकै नमुना काम गदै , ३० हजार मास्क उत्पादन सुरु

४ चैत्र २०७६, मंगलवार १५:५२

राम गैरे काठमाडौं , अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय नागरिकका लागी मास्क उत्पादन सुरु गरेको छ । स्थानीय वासी सवैलाई निःशुल्क मास्क बितरण गर्ने गरि उत्पादन सुरु गरिएको हो । करिव छ हजार मास्क उत्पादन भइसकेको र ३० हजार मास्क उत्पादनको तयारी भइरहेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले आयोखवर डटकमलाई बताउनु भयो ।

स्थानीय टेलर व्यावसायीहरु मार्फत मास्क उत्पादनको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनु भयो । सबै वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी तीस हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम दु्रर्त गतिमा भैरहेको पोख्रेलले जानकारी दिनु भयो ।

‘छिमेकी राष्ट्र चीनसहित बिश्वका धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको बेला नेपालमा पनी यस्को जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउँदै हाम्रो गाउँपालिकाले आफैँ मास्क उत्पादन गरिरहेको पोख्रेलले बताउनु भयो । अध्यक्ष पोख्रेलले छत्रदेव गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउँन लागी परेको समेत दावी गर्नु भयो ।