६ महिनामा ६ खर्ब व्यापार घाटा

१९ माघ २०७६, आईतवार १०:२६

काठमाडौं, मुलुकले चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ३७ अर्ब व्यापारघाटा बेहोरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात गर्न गर्न नसक्दा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँ बराबरको घाटा भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनामा ७ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । आयात ४ं.०४ प्रतिशत घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने, निर्यात २६ .१३ प्रतिशत बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

आयात घट्दा र निर्यात बढ्दा व्यापार घाटामा केही सुधार भने भएको छ । यसअघि पाँच महिनामा पाँच खर्ब ८१ अर्ब २५ करोड ७१ लाख १९ हजार को आयात भएकोमा ४७ अर्ब ६१ करोड ६ लाख ८३ हजार रुपैयाँको निर्यात भएको थियो ।(आजको कारोबार दैनिकबाट)