सुनको मुल्य ८० हजार ३००

१२ फाल्गुन २०७६, सोमबार १४:२१

काठमाडौं , पछिल्लो समय सुनको मूल्य बढिरहेको छ । आज छापावाला सुनको मूल्य ८० हजार ३ सय भएको छ ।

आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेको सुनको मूल्य आज सोमवार एकैदिन १५ सयले बढेर ८० हजार ३ सयमा कारोवार भएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य८० हजार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी आइतबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय २५ रुपैयाँमा कायम भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।