विमान दुर्घटना जसमा थिए १७१ जना सवार

२३ माघ २०७६, बिहीबार ११:०९

एजेन्सी —एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। घट्नामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन् जसमा द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन्। बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो।

यसैगरी त्यहाँ स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घटनामा ३ जनाको मृत्यु भएको र १७९ जना घाइते भएको पुष्टि गरेका छन्। उनले घटनामा घाइते भएको केहीको अवस्था गम्भीर रहेको पनि बताए। दुर्भाग्यवस खराब मौसमका कारण द पेगासस एयरलाइन्सको जहाज धावनमार्गमा टिक्न नसक्दा ५०÷६० मिटर चिप्लन पुग्यो । स्तानबुलका गभर्नर अलि एरलिकायाका अनुसार विमान धावनमार्गबाहिर करिब ३०÷४० मिटरसम्म चिप्लिएको थियो।