विपन्नको उपचारलाई ५० करोड निकासा

१३ फाल्गुन २०७६, मंगलवार ०९:३६

काठमाडौं, सरकारले कडा रोग लागेका विरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।

माघ १९ गते बसेको विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएबात सूचीकृत सेवाप्रदायक अस्पतालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कजेल, सरकारी अस्पताल र गैह्रसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो ।(आजको कारोबार दैनिकबाट)