बेनी–जोमसोम सडक ५ दिनका लागी दैनिक ८ घण्टा बन्द हुने

३ फाल्गुन २०७६, शनिबार १६:५८

बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ ।हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति तथा विस्तारका लागि दैनिक ८ घण्टा बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।