बटवलको नयाँमिलमा सिलिण्डर ग्याँस वोकेको वोलेरो दुर्घटना चालकको मृत्यु,२ जना घाइते

४ फाल्गुन २०७६, आईतवार २०:५९

बटवलको नयाँमिलमा सिलिण्डर ग्याँस वोकेको वोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ ।

सोही दुर्घटनामा अन्य २ जना घाईते भएका छन् ।बुटवलवाट भैरहवातर्फ जादै गरेको लु १ च ३८२६ नम्बरको वोलेरोले अनियन्त्रित हुदाँ लु १९ प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो ।

दाङ घर भएका वोलेरो चालक वर्ष ३० का असकुमार चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

वोलेरोका चालक पनि गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको हाे । मोटरसाइकल चालक र पछाडी सवार १ जना गरी २ घाइते भएका छन् ।

आईतवार दिउसो सवा चार वजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउपालिका १ का मोटरसाईकल चालक ४७ वर्षिय कमलप्रसाद पोखरेल र सोही मोटरसाईकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाईते छन् । घाईते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।