बच्चा जन्मिँदा बुवाआमाले १४ महिनाको तलबी बिदा पाउने सरकारको घोषणा

२४ माघ २०७६, शुक्रबार १०:४७

बीबीसीका अनुसार फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ। फिनल्याण्ड सरकारले बच्चा जन्मिँदा बावुआमालाई १४ महिनाको तलबी बिदा दिने घोषणा गरेको छ ।

त्यहाँको स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री आइनो काइसा पेकोननले आमाबुवासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले सो सुविधाको व्यवस्थाको सुरुआत गर्न लागेको बताएका छन् ।यो नयाँ योजनामा आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने बीबीसीले जनाएको छ ।

स्वीडेनमा बच्चा जन्मिएपछि हरेक अभिभावकले २४० दिनको बिदा पाउँछन्।सुत्केरी आमालाई साढे चार महिना र बुवालाई बच्चा दुई वर्षको नहुँदासम्म साढे दुई महिनाको बिदा दिँदै आएको फिनल्याण्डको उक्त घोषणा गरेको हो ।