प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने ६ जना पक्राउ

१२ फाल्गुन २०७६, सोमबार १७:१०

पोखरा , प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित छन्। प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउनु भएको थियो ।