पेजेन्ट नेपालको आयोजनामा ‘ओसिस व्युटि स्पा भ्यालेन्टाईन फेशन शो’ सम्पन्न

४ फाल्गुन २०७६, आईतवार १७:४६

काठमाडौं , प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ शिक्षाविद् तथा ईन्टरनेशनल मोटिभेटर पूर्ण लामा, वरिष्ठ ईभेन्ट डाईरेक्टर लब वहादुर कार्की,आयोजक एवं पेजेन्ट नेपालका प्रमुख राज लुईटेल, आयोजक एवं सौन्दर्य व्यबसायी सुशिला थापा, फेशन डिजाईनर ममोथा बस्नेत तथा लोकप्रिय कलाकार गोपाल ढकाल छन्देले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । भ्यालेन्टाईन्स डे को पूर्व सन्ध्यामा पेजेन्ट नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा १७ जना मोडलहरुले ३ वटा सिक्वेन्समा वेष्टर्न ड्रेस, गाउन तथा कपल सिक्वेन्समा आकर्षक ढंगले र्याम्पमा प्रस्तुत भएका थिए । नायक संजित भण्डारी तथा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड,मलेसियाका विजेता एवं मोडल सिलाष्मा हमाल शो स्टपर्स तथा मोडल शेर खान शोस्टपर्स रहेका थिए ।

उक्त कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, बिनोद ढकाल, सावित्री प्रिथि, रामकृष्ण श्रेष्ठ, जय देवकोटा लगायतको सांगितीक प्रस्तुति रहेको थियो । लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल, छन्दे, चर्चित डान्सर रोहीत मगर तथा क्रिष्टिना दाहालको आकर्षक प्रस्तुती रहेको थियो भने कार्यक्रम संचालक गोपाल ढकाल छन्देले कार्यक्रमको विच विचमा प्रस्तुत गरेको कमेडीले दर्शकले निकै मनोरन्जन लिएका थिए ।
साझँ ५ बजेबाट शुरु भएको शो को कोरियोग्राफर स्वस्तिका कार्कीले गरेकी थिईन । आयोजक पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक एवं फेशन डिजाईनर ममोथा बस्नेत तथा क्रिजुसु बुटीकका फेशन डिजाईनर सुशिला थापाको आकर्षक डिजाईनमा तयार गरिएको ड्रेसलाई मोडलहरुले प्रस्तुती दिएका थिए । साथै भ्यालेन्टाईन्स डेको अवसर भएकोले विशेष जोडी पहिरनलाई आकर्षक ढंगले र्याम्पमा मोडलहरुलाई प्रस्तुत गरिएको आयोजक तथा ओसीस स्पाकी प्रमुख सुशिला थापाले जानकारी दिईन ।
नेपाल टेलिकम, त्रिशक्ति डिष्टिलरी, हिमालयन ब्रुअरी, क्रिजुसु फेशन , फेशनटेड, पवित्रालक्ष्मी ईन्भेष्टमेन्ट लगायतले प्रायोजन गरेको कार्यक्रमको मेरो टिभिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।