नागिन भनि चिनिने मौनीको सम्पत्ति कति छ ।

१९ माघ २०७६, आईतवार १२:२४

मौनी रोय बलिउडका लागि चर्चित नाम हो । चाहे उनी बुहारीको भूमिकामा होस् या नागिनको । उनले आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाउँछिन् ।

अहिलेको स्थानमा आइपुग्न उनले अफ्ट्यारा दिन भोगेकी छन् । त्यसैले उनले साबित गरिदिइन् कि कोशिश गर्नेले कहिल्यै पनि हार्दैन ।केही यस्ता सिरियल छन् जसमा मौनी मुख्य भूमिकामा देखिएकी छन् र उनकै कारण सिरियलको टीआरपी बढेको छ ।

क्योंकि सास भी कभी बहू थी, देवों के देव महादेव, नागिन जस्ता सिरियलमा उनले दमदार अभिनय गरेकी छन् जसलाई मानिसहरूले हत्तपत्त भुल्न सक्दैनन् ।

मौनीले अक्षय कुमारसँग पनि काम गरेकी छन् । उनले फिल्म गोल्डमा राम्रो अभिनय गरेकी थिइन् । त्यसपछि उनले फिल्म मेड इन इन्डियामा पनि काम गरिन् । उक्त फिल्ममा उनी राजकुमार रावसँग देखिएकी थिइन् ।

सफल अभिनेत्री मौनीको सम्पत्ति कति छ तपाईंको मनमा यो प्रश्न उठ्न सक्छ । भारतीय सञ्चारमाध्यमका अनुसार मौनीको कुल सम्पत्ति एक मिलियन डलर अर्थात् ८ करोड भारु छ ।एक रिपोर्टका अनुसार उनले एउटा शोको पारिश्रमिक ३० देखि ४० लाख भारुसम्म लिने गर्छिन् । उनले हालै अपार्टमेन्ट समेत किनेकी छन् ।उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले बेलाबेलामा हट तस्वीरहरू पनि पोस्ट गर्ने गर्छिन् ।(लोकान्तरबाट साभार गरिएको )