कोटेश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

१० फाल्गुन २०७६, शनिबार ११:१४

काठमाडौं, सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलमा सर्भिस लेन खुलाउने विषयमा सहमति जुटेको हो ।

कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने तयारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले असहमति जनाएको छ । कार्यालयले एयरपोर्टको सुरक्षालाई देखाएर ओभरहेड ब्रिज निर्माण गर्न असहमति जनाएपछि ब्रिज नबन्ने सम्भावना बढेर गएको छ ।

डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले कोटेश्वरमा सर्भिस लेनका लागि आज भोलि नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको र एक महिनाभित्रै अस्थायी सर्भिस लेन सुरु गरिने जानकारी दिए । (आजको राजधानी दैनिकबाट)