कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

११ फाल्गुन २०७६, आईतवार १७:२८

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ बढीको क्षति भएको छ। स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थामा राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो।आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।