आँखा सम्बन्धी ११ वटा रोचक तथ्य

२४ माघ २०७६, शुक्रबार ११:१७

१) एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

२) आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ ।

३) आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।

४) एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ ।

५) आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।

६) जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।

७) भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

८) हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०।३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करीव ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।

९) आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

१०) पृथ्वी समतल भएको भए आँखाले ५० कि।मी। पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।
११) मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ । (नेपाली हेल्थ)