भ्यालेन्टाइनडेमा लभ पर्‍यो भन्दैमा वैवाहिक जीवन सफल हुदैन वास्तुविद्

२६ माघ २०७६, आईतवार ११:०२

हिन्दु परम्परामा विवाह सम्बन्धी थुप्रै ग्रन्थको रचना तथा समय अनुसार व्याख्या हुँदै आएको छ । ज्योतिषको मुहूर्त चिन्तामणी नामक ग्रन्थमा विवाह गर्नुभन्दा पहिले नै पूर्वाङ्ग अर्थात विवाह हुनुभन्दा केही समय अघि गरिने विशेष बिघ्नबाधा नपरोस् भनेर गरिने गणेश पूजा हो, जुन पूजा हप्ता दिन या पन्ध्र दिन अगाडि नै गर्न मिल्ने पूजा हो । उक्त पूजा गरेपछि वर तथा कन्याको घरमा विवाहको माहोल सुरु हुन्छ । तर, पछिल्लो समयमा शुभ तथा माङ्गलिक कार्यक्रमलाई “भ्यानेन्टाइनडे“ अर्थात कसैको मृत्यु भएको अवसरमा गरिने प्रेम तथा विवाहको कुरा सफल हुने सम्भावना एकदमै न्यून हुन्छ, हाम्रो परम्परामा “वाग्दा“ दान (बोलेर गरिने सहमति) लाई विशेष महत्त्वपूर्ण दिनका रुपमा हेरिने गरेकोछ ।
१४ तारिखका दिन कसैले प्रेम गरेको भनेर मृत्यु दिइएको दिनका रुपमा रहने गरेको छ । हाम्रो संस्कारमा यस्ता दिन तथा तिथिमा मृत आत्माको शान्तिको कामना गरेर स्राद्ध गर्ने परम्परा रहिआएको छ । कसैको धार्मिक हिसाबले स्राद्धका दिन कुनैपनि शुभ तथा मंगलिक कार्य गर्न र गराउन निषेध गरिएको छ । यस्तो दिन पश्चिमी सभ्यताको शैली अपनाउँदै गरिने कर्महरुले हाम्रो जीवनलाई नराम्रो नै परिणाम दिइनै रहेको हुन्छ । परम्परा मान्नै हुन्न भनेर भन्न खोजिएको होइन, तर सिमित तरिकाबाट हाम्रो मौलिक परम्परामा रहेरै मनाउनु पर्दछ ।
वैवाहिक जीवन कति प्रतिशतले सफल हुन्छ भनेर जाँच गर्नका लागि शास्त्रमा गुणको पनि हिसाब गरिएको छ। जम्मा ३६ गुण मध्ये कम्तिमा पचास प्रतिशत मिल्नै पर्छ । गुण मिलेन भनेपनि विवाह सफल हुने सम्भावना एकदमै न्यून हुन्छ । त्यस्तै विवाह बिगार्ने प्रमुख योगका रुपमा हेरिने मांगलिक योग, राहु, शनि र चन्द्रमा मिलेर बनाउने बीस योग त्यस्तै एउटै नाडी भएर लाग्ने नाडी दोष राशिबाट बन्ने षडाष्टक योग गणका कारणबाट हुने देव तथा राक्षस गण लगायता कुराहरुको बिचार गरेर मात्रै विवाहको कुरा गर्दा सफल हुने शास्त्रमा उल्लेख गरिएको छ । अहिले पश्चिमी सभ्यताको कुरालाई कुरालाई र उनीहरुको परम्परामा रहेर गरिने यस्ता कुराहरुले पछि गएर नराम्रो परिणाम त दिन्छ नै । आफ्नो देशको रहन सहनमा रहेर गरिएको विवाहले मात्रै पूर्णरूपमा सन्तुष्टि दिने विज्ञहरुले वताएका छन् ।
१४ फेब्रुअरीमा मनाउने उक्त दिवस उनीहरुको मृत्यु भएको दिनको सम्झनामा मनाइने श्रद्धाञ्जलिको कर्म नै हो । हाम्रो परम्परामा उक्त दिन श्राद्ध गरेर पिण्ड दान गरेर मनाउने प्रचलन रहिआएको छ । पितृको कर्म गरेर खुसी पार्ने दिनमा माया प्रेम गरेमा त्यसको परिणाम कस्तो आउला सहजै अनुमान लगाउन सकिछ। आफ्नो परम्परा भुलेर अरुको देखासिकी गरेमा यसले राम्रो परिणाम नदिने ज्योतिषीहरुले जानकारी गराएका छन् । क्यानडा नेपालबाट