हिमपातसँगै हिउँदे झरी आजबाट सुरु हुने

२८ पुष २०७६, सोमबार १०:५२

,

काठमाडौँ , आजदेखि भू–मध्यसागरको वायुको प्रभाव सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भू–मध्यसागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि नेपालमा फेरि हिउँदे झरी दोहोरिने भएको छ।

गत शुक्रबारबाट झरी रोकिएसँगै न्यानो महसुस हुन थालेको थियो ।यो चौथो चरणको झरी गराउने वायु हो । सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ । यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ । सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।(क्यानाडानेपालबाट साभार)