सुनको मूल्य पुनः एक हजारले बढ्यो

२० पुष २०७६, आईतवार १३:३१

काठमाडौं , साताको पहिलो दिन आज आइतवार नेपाली बजारमा सुनको मूल्य पुनः एक हजारले बढेको छ ।

बिहीवार प्रतितोला ७३ हजार ५ सय रहेको छापावाला सुनको मूल्य तोलामा १ हजारले बृद्धि भई शुक्रबार ७४ हजार ५ सय रहेको थियो । त्यस्तै आज आइतवार पनि १ हजारले बृद्धि भई प्रतितोला छापावाला सुन ७५ हजार ५ सय कायम भएको छ ।

जुन अहिलेसम्मकै उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ ।

तर आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला चांदीको मूल्य ९ सय रहेको थियो । त्यस्तै आजपनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।