सानोमा झुटो बोल्ने बच्चा ठूलो भएपछि बन्छन् बुद्धिमान

३ माघ २०७६, शुक्रबार १२:२१


हाल सालै गरिएको एक अध्ययनका अनुसार सानो उमेरमा झुटो बोल्ने बच्चाहरूको पछि गएर संज्ञानात्मक क्षमता अर्थात् छिट्टै कुरा सिक्ने तथा स्मरण शक्ति राम्रो हुने दाबी गरिएको छ । सो कुरालाई बैज्ञानिकहरूले विभिन्न अध्ययनमार्फत पता लगाएका हुन्

क्यानडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनका अनुसार सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर बाठो, चलाख र बुद्धिमान् हुने कुरा दाबी गरेका छन् । विश्वविद्यालयका प्रोफेसर क्याङ लीका अनुसार आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने भए पनि उक्त गरिएको अनुसन्धानको नतिजामा सानो उमेरमा झुटो बोल्ने बच्चा र ठूलो भएपछि झुटो बोल्ने मानिसमा विभिन्न अन्तर भएको देखिएको थियो । सानैमा झुटो बोल्ने बच्चाको बुद्धि विकास छिटो हुने गर्छ ।

जर्नल अफ एक्सपेरिमेन्टल चाइल्ड साइकोलोजीमा प्रकाशित गरिएको एक अध्ययनमा अनुसन्धानकर्ताहरूले प्रिस्कूलमा पढ्ने उमेरका ४२ बालबालिकामा अनुसन्धान गरेका थिए । बच्चाहरूले लुकामारी खेल्दा सुरुमा झुट बोल्ने क्षमता प्रदर्शन नगरे पनि पछि गएर उनीहरूलाई केटा र केटीको संख्या बराबर गरि दुई समूहमा बाँडिएको थियो, जसमा थियो बच्चाहरूको औषत उमेर ४० महिना वा लगभग तीन वर्ष जत्तिको थियो । चार दिनसम्म उनीहरूलाई एउटा खेल खेलाईएको थियो ।

बच्चाले झुट बोल्न वा ठग्न सफल हुन्छ वा हुँदैन भनेर परीक्षण गरिएको थियो । दुई समूहमा एक समूहमाथि परीक्षण गरेर अर्कोलाई कन्ट्रोल ग्रूप मानेर परीक्षण गरिएन । पछि बच्चाहरूमा आत्मनियन्त्रण, मस्तिष्क सिद्धान्त, शासनात्मक क्रिया र अर्को व्यक्तिको मनसाय बुझ्ने जस्ता कुराको जाँच गर्दा झुट बोल्न र धोका दिन सिकेका बच्चाले कन्ट्रोल ग्रूपका बच्चाहरूभन्दा राम्रो नतिजा ल्याएका थिए । तर, अनुसन्धानकर्ताहरूले भने बच्चालाई बाठो, चलाख तथा बुद्धिमान बनाउनका लागि जानीजानी झुटो बोल्न सिकाउनु चाहिँ गलत भएको अध्ययनमा बताइएको छ । क्यानडा नेपालबाट