सभामुख पदका लागि अग्नि सापकोटाको उम्मदवारी दर्ता

७ माघ २०७६, मंगलवार १४:०५

काठमाडौ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

उहाँले मंगलबार बिहान मनोनयन दर्ता गराउनु भएको हो । सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । सभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ। सभामुखका लागि माघ १२ मा निर्वाचन हुनेछ।