लागुऔषधसहित एक विदेशी नागरिक पक्राउ

१७ माघ २०७६, शुक्रबार १४:११

काठमाण्डौँ , नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकिनसहित एक विदेशीलाई पक्राउ गरेको छ । बुधबार लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलङ्ग्न बोलिभियन सोल्यानो क्याभेज मिगुललाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाई राखिएको अवस्थामा मिगुललाई पक्राउ गरिएको र लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।