यौन सम्पर्क कम गर्ने महिलाहरुको महिनावारी चाँडै रोकिने

१० माघ २०७६, शुक्रबार १३:०४

एजेन्सी, हालसालै गरिएको एक अध्ययनका अनुसार कम यौनसम्पर्क गर्ने महिलाहरुको महिनावारी चाँडै रोकिने गरेको पत्ता लागेको छ ।
अनुसन्धानकर्ताले हप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौन सम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका छन् ।

अध्ययनमा भनिएको छ यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी रोकिंदैन । अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ जान्छ ।
बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ ।
डिम्बासयबाट डिम्बा निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने उनले बताए ।
यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ ।अनुसन्धानमा करिब तीनहजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको थियो ।
सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो । क्यानडा नेपालबाट