मध्यान्ह राष्ट्रिय दैनिक १८औं वर्षमा प्रवेश

१६ माघ २०७६, बिहीबार १०:२७

काठमाडौं , मध्यान्ह राष्ट्रिय दैनिक १८औं वर्षमा प्रवेश गरेको छ । मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठका अनुसार आजकै तिथि अर्थात् श्रीपञ्चमीका दिन सरस्वती पुजाको अवसर पारेर १७ बर्ष अघि मध्यान्हले नेपाली सञ्चार जगतमा पहिलो पाइला चालेको थियो । सूचना माथि आम नागरिकको सहज पहुँज स्थापित गर्दै मुलुकको समृद्धि यात्रामा सारथी बन्ने प्रण मध्यान्हले आज पनि छोडेको छैन । लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक रुपान्तरणको यात्रामा मध्यान्ह सधैँ अग्रपंक्तिमा खडा भयो ।