बिहानै उठेर पिउँनुहोस् एक गिलास नुनपानी, हुन्छन् यस्ता फाइदाहरु

१५ माघ २०७६, बुधबार १३:४८


काठमाडौं , शरिरलाई सधै स्वस्थ राख्न पानी पिउनु निकै आवश्यक छ । पानी बिना शाम्रो शरिर स्वस्थ रहन सक्दैन । हरेक रोगको उपचार नै पानी नै हो । शरिरमा पानीको मात्रा कम भएमा पनि बिभिन्न रोगहरु लाग्ने गर्छन् ।
त्यसैले बिभिन्न रोगहरुबाट बच्न पानी पिउनै पर्छ । धेरैले हरेक बिहान पानी पिउने गर्छन् । हरेक बिहान स्वस्थ पानी पिउने गरेमा बिभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । हामिले हरेक बिहान कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर पिउनु राम्रो हुन्छ ।
यसरी बिहान पिउनाले ब्लड सुगर, मोटोपन र ब्लड प्रेसरजस्ता रोग लाग्नबाट बचिन्छ । हाम्रो भान्सामा पाइने धुलो नुन एक गिलास पानीमा मिसाएर पिउँदा छालाका समस्याबाट मुक्ति पाइन्छ । हरेक बिहान नुनपानीको सेबन गर्ने गरेमा डण्डीफोर, दाद जस्ता छालाका समस्या आउँदैन ।
त्यस्तै नुनपानीको सेबनले निन्द्रा नलाग्ने समस्यामा पनि छुटकारा पाइन्छ । यसको सेबनले मस्त निद्रा लाग्छ । नुनपानीको सेबनले हड्डी बलियो बनाउँछ । नुनपानीमा पाइने तत्वहरुले क्याल्सियमको कमी हुन दिँदैन ।
मोटोपनको समस्या छ भने पनि नुनपानी सेबन गर्नु राम्रो हुनछ । नुनपानीले पेटभित्र प्राकृतिक लवण, हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउने इन्जायमलाई उत्तेजित गराउन सहयोग गर्दछ । जसले पाचन प्रणाली राम्रो बनाउँछ । क्यानडा नेपालबाट