प्रेस स्वतन्त्रता माथि हमलाः अधिकारी

१६ पुष २०७६, बुधबार १५:५७

काठमाडौँ , राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकार निरङ्कुशतातर्फ अघि बढेको आरोप लगाउनु भएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा पेस भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि आफ्नो धारणा राख्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

विधेयकले सोझै स्वतन्त्रता, मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको उहाँको आरोप छ ।

उहाँले विधेयक एउटाले ल्याउने र उपभोग अर्कोले गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गर्नु भयो ।