नेपाल भ्रमण वर्ष २०२० शुरू , २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

१६ पुष २०७६, बुधबार १०:५८

काठमाडौं , २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रंगशालाबाट बुधवार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।