नेपाल चीन प्रतिष्ठान पदाधिकारी र हङकङका युवा समूह बीच पारस्परिक सम्बन्ध बारे छलफल

१९ पुष २०७६, शनिबार १३:३५

काठमाडौं, नेपाल चीन प्रतिष्ठानका पदाधिकारी र हङकङका युवा समूह बीच पारस्परिक सम्बन्ध बारे छलफल भएको छ । उनीहरुबीच चिनिया सांस्कृती तथा पर्यटन मन्त्रालय मातहतको चिनिया सांस्कृतिक केन्द्रको समन्वयमा शुक्रबार महाराजगंजस्थित केन्द्रको परिसरमा छलफल भएको हो ।

सो अवसरमा दुई पक्षले बिबिध बिषयमा छलफल गरेका थिए । छलफलका क्रममा भ्रमण दलका प्रतिनिधी मण्डलले नेपालको पर्यटन पूर्वाधार, शैक्षिक परिवेश, धर्मसंस्कृती, नेपाल चीन संबन्ध आदीका बिषयमा जिज्ञासा राखेका थिए । प्रतिष्ठान सम्बद्ध पदाधिकारीहरुले उनीहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल प्राकृतिक सौन्दर्यता, सांस्कृतिक एवम् पुरातात्विक महत्व एवम् मानवियताको हिसावले विश्वकै अनुपम देश भएको जिकिर गर्दै यहाँको विकास प्रकृया र शैक्षिक अवस्था सुधारोन्मुख स्थितमा रहेको स्पष्ट पारेका थिए ।

साथै, जिज्ञासालाई सम्बोधन गर्ने क्रममा नेपालमा धार्मिक सहिष्णुता कायम रहदै आएको उल्लेख गर्दै नेपालले एक चीन निती लिदै आएको र जनस्तरबाट पनि त्यस निती ब्यवहारत लागु हुँदै आएको अवगत गराएका थिए । सयान्डी ल्याम नेतृत्वको तीस सदस्यीय विद्यार्थी मण्डल एघार दिने भ्रमणका लागि नेपाल आएको हो । नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै चीन सरकारको सहयोगमा नेपाल आएको उक्त टोलीले पोखरा र आसपासका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमण टोलीमा हङकङका विभिन्न विश्वविद्यालय तहमा अध्ययनरत युवा विद्यार्थीहरु समावेश छन् ।