नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु निरंकुश बन्दै गएः जितेन्द्र देव

२४ पुष २०७६, बिहीबार १४:३०

काठमाडौंः राष्ट्रिय सभाका सदस्य जितेन्द्र देवले नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु निरंकुश बन्दै गएको आरोप लगाउनु भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सदस्य देवले नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु निरंकुश बन्दै गएको आरोप लगाउनु भएको हो ।

देवले प्रदेशको नाम र राजधानी चयनमा भएको हस्तक्षेपको पनि तीव्र विरोध गर्नु भयो । ‘प्रदेशको नामाकरण र राजधानी चयनमा पार्टीका शीर्ष नेताको निरंकुशताको बन्दी हुने यो कस्तो तरिका हो ? यसले गम्भीर संवैधानिक प्रश्न तेर्सिएको छ’, उहाँले भन्नु भयो , ‘सभामुखको चुनावका लागि स्पष्ट संवैधानिक व्यवस्था र प्रतिनिधिसभाको नियमावली छ। यस अनुसार किन निर्णय प्रक्रिया अघि बढाइँदैन।’ नेता देवले नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको निरंकुशताले कार्यकर्ताहरु आँसु बगाउन बाध्य भएको जिकिर गर्नु भयो ।

कम्युनिष्ट पार्टीका नेताको निरंकुशताले कार्यकर्ता आँसु बगाउँदैछन्’, उहाँले भन्नु भयो, ‘लोकतान्त्रिक प्रक्रियाप्रति आस्था छ भने यो समस्या तत्काल हल गर्नुपर्छ। सभामुखको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ।’ सांसद देवले प्रदेश ३ लाई त्यहाँको नाम र राजधानी कहाँ राख्ने निर्णय गर्ने अधिकार दिनुपर्ने जिकिर गर्नु भयो ।