‘निरमाया’ २’ बोलको गीतको भिडियो सार्वजनिकमा

१७ माघ २०७६, शुक्रबार ११:००

काठमाडौं , गायक समीर मोक्तानको आवाज रहेको ‘निरमाया २’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘डस म्युजिक नेपाल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द डिपी खनालले लेखेका हुन् । शंकर थापा ‘स्माइल’ ले संगीत भरेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गायक मोक्तानलाई गीतमा मनिषा पोखरेलले साथ दिएकी छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपालीको अभिनय छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा राजीव समरको नृत्य निर्देशन रहेको छ । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् ।