नक्कली नोट सहित दुई जना पक्राउ

२२ पुष २०७६, मंगलवार १२:५०

झापा , बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।