दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

३ माघ २०७६, शुक्रबार १२:३३


दाङ , दाङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बिहीबार राती पश्चिम हापुरेबाट रगैंजातर्फ जाँदै गरेको रा५प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ स्थित चिसापानीमा दुर्घना हुँदा मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ काशीपुर का ५२ बर्षिय चोपीलाल के.सीको ज्यान गएको हो।
केसी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसारउनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा राति नै बाटोमा ज्यान गएको हो । मोटरसाइकल तीव्र गति भएर अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुले जानकारी दिएको छ।