‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक

२२ पुष २०७६, मंगलवार १४:५६

काठमाडौं, पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ। लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन्। गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ।