ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

२ माघ २०७६, बिहीबार १०:५३

हेटौंडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिई ट्याङ्करको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।