ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

९ माघ २०७६, बिहीबार १३:०७

हेटौंडा , बिहीबार विहान मकवानपुरको धियालमा सवारी दुर्घटना भएको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौला हुन । ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।