गायक रामकृष्ण ढकालको आवाज रहेको ‘मौनता’ गीत सार्वजनिक

१९ पुष २०७६, शनिबार १२:२३

काठमाडौं , गायक रामकृष्ण ढकालको आवाज रहेको ‘मौनता’ गीत सार्वजनिक भएको छ । गीतकार दुर्गा खनाल घिमिरेले नयाँ वर्षको अवसरमा उक्त गीत ल्याएकी हुन् । गीतको डि फोर क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा दीपक शर्माले संगीत भरेका छन् भने गायक ढकाल र अभिनेत्री मरिष्का पोख्रेलको अभिनय छ । गीतमा नृत्य निर्देशन शिव विकले गरेका छन् । भिडियोमा अर्जुन जिसीको सम्पादन र कोरियोग्राफी कृष्णबहादुर थापाको रहेको छ । भिडियोको निर्देशन भने चलचित्र निर्देशक चन्द्र पन्तले गरेका छन् ।