एनसेल टावरमा आगजनी

२७ पुष २०७६, आईतवार १४:५०

तनहुँ, शनिबार राति अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ। तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनु भयो । शनिबार राति करिव ११ बजे आगो लागेको एनसेलमा जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको लामिछानेले जानकारी दिनु भयो । उहाँका अनुसार क्षतिको एकिन हुन सकेको छैन्। आगजनी कसले गरेको भन्ने विषयमा केही पनि खुलेको छैन्। इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीको टोली क्षतिका सम्बन्धमा अनुसन्धान गरिरहेको लामिछानेले बताउनु भयो । प्रहरीका अनुसार घटनामा संलग्नको खोजी कार्य भइरहेको छ ।