आयुष्मान र प्रियंकाको फागुनमा विवाह

१७ माघ २०७६, शुक्रबार १४:२५

काठमाडौं , नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह आउने फागुनमा गर्ने पक्का पक्की भएको छ । उनीहरु यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँने बताइएको छ ।
दुई बर्ष अघि टिका टाला गरेका उनीहरुले फागुनमा नै विवाह गर्न लागेका हुन् । केहि दिन अघि नायिका प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । आफ्नो विवाह हुने निश्चित भएपछि नायिका प्रियंकाले थाइल्याण्डमा आफ्ना साथिहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् ।