सुनको मूल्य बढ्यो

काठमाडौं , नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले बढेको हो । यही सोमबार र मंगलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला रु ७५ हजार ६ सय पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ ।
यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ ।


प्रकाशित | २०७६ माघ १६ प्रकाशित १६:०६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ