हेलिकप्टर दुर्घटनाः तीन व्यक्तिको मृत्यु

१६ मंसिर २०७६, सोमबार १३:५३

ह्यूस्टन, सिन्ह्वा (आइतबार राती अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

स्थानीय स्रोतका अनुसार एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको छ । सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।