सुनको मूल्य घट्यो

२७ मंसिर २०७६, शुक्रबार १४:१९

काठमाडौं , आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार आठ सय र तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहिबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही स्थिर मूल्यमा कारोबार भइरहेको छ ।