सिरहामा हात्तिले एक बालकको ज्यान लियो

२४ मंसिर २०७६, मंगलवार १२:३०

सिरहा , सिरहामा हात्तिले एक बालकको ज्यान लिएको छ । सिरहा मिर्चैया नगरपालिका ७ रामपुरका एक बालकलाई हात्तिले आक्रमण गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा रामपुरका श्रमवण महतोका १० वर्षीय छोरा रविन्द्र महतो रहेका छन् । हात्तिको आक्रमणबाट अर्का एक जना पनि घाइते भएका छन् ।
हात्ति आएको थाहा पाएपछी भागेका उनलाइ हात्तिले आक्रमण गरेको बताइएको छ । हात्तिको आक्रमणबाट घाइते भएका उनको त्यहिको निजी अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।