सिरहामा ब्राउन सुगरसहित ४ जना पक्राउ

१८ मंसिर २०७६, बुधबार १३:१४

सिरहा , इलाका प्रहरी कार्यालय गोलबजारले ब्राउन सुगरसहित ४ जना युवालाई नियन्त्रणमा लिएको छ । मंगलबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले ४ जनालाई गोलबजार ३ बाट आठ पोका ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका प्रहरी निरीक्षक जनक पुरीले बताउनु भएको छ । उनीहरुलाई गोलबजार प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।