सिरहाको लम्मीपुरपतारी गापाको हिरासतबाट सात कैदी फरार

१५ मंसिर २०७६, आईतवार १३:२८

सिरहा , इलाका प्रहरी कार्यालय लम्मीपुरपतारी गापाको हिरासतबाट शनिबार बेलुका ७ जना कैदी फरार भएका छन् । शनिबार बेलुकाको खाना खुवाउने क्रममा उनीहरु काँडेतार पन्छाएर भागेको बताइएको छ ।स्थानीयले भने कैदीहरुलाई प्रहरीकै मिलेमत्तोमा भगाएको आरोप लगाउँदै आएका छन् ।
फरार हुनेहरुमा लागूऔषध मुद्दाका १९ वर्षीय गोविन्द नेपाल, १५ वर्षीय मोरियाज मियाँ, ४५ वर्षीय रामाशिष यादव, २६ वर्षीय रन्धिर कुमार यादव, २१ वर्षीय गणेश साह, २७ वर्षीय नविन यादव र वहुविवाह मुद्दाका २१ वर्षीय संजय यादव रहेका छन् । भाग्ने क्रममा लागूऔषध मुद्दाका २० वर्षीय रिशन खड्कालाई भने स्थानीय गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् । प्रहरीले आफ्ना सबै बल प्रयोग गरेर फरारहरुको खोजि गरिरहेको जनाएको छ ।