सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटनाः १३ ले गुमाए ज्यान १७ घाइते

२९ मंसिर २०७६, आईतवार १०:११

काठमाडौं , आइतबार बिहान सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना भएको छ । दोलखाबाट काठमाडौं आइरहेको बा४ख ४४६८ नम्बरको यात्रुबाहक बस खाडीचौरमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १७ यात्रु घाइते भएका छन् । सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार दोलखा कालिन्चोकबाट भक्तपुर आउनेक्रममा ६ किलो थुमपाखरमा दुर्घटना भएको हो ।
भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। घाइतेहरुलाई अस्पतालमा उपचारका लागी पठाइएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।