काठमाडौँ , समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको समाजवादी पार्टी संविधान संशोधन नहुने देखिएपछि सरकारबाट बाहिरिने तयारी गरेको हो।
समाजवादी पार्टीका नेता राम प्रसाद रिजालले सरकारबाट बाहिरिने कुरा पक्का भएको आयोखवरलाई बताउनु भयो ।
कानुन मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव लैजानु भएको थियो । उहाँको प्रस्तावको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद भएको बताइएको छ ।
मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लैजानु भएको थियो । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद उत्पन्न भएको हो । विवादपछि यादव सरकारबाट बाहिरिने पार्टी स्रोतले बताएको छ । स्रोतका अनुसार मंगलबार बिहानै यादवले राजीनामा दिनेबारे संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग छलफल गर्नु भएको थियो ।
सत्तारुढ दल नेकपासँग समाजवादी पार्टी २ बुँदे समझदारी गरेर सरकारमा सहभागी भएको थियो । सरकारमा समाजवादी पार्टीको दुई मन्त्री रहेका छन् ।