सभामुखको टुङ्गो लगाउन ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

१५ पुष २०७६, मंगलवार ११:४४

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखबारे टुङगो लगाउन बालुवाटारमा छलफल भएको छ ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगनु भएको हो ।

प्रतिनिधि सभाको बैठक भोलिलाई बोलाइएको छ । उक्त बैठकमार्फत सभामुख निर्वाचन प्रकृया अघि बढाउने तयारी छ । त्यसअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई समेत उपसभामुख पदबाट राजीनामा गराएर सभामुख र उपसभामुख दुवैमा निर्वाचन गर्ने योजनाअनुसार दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

सभामुखका लागि प्रधानमन्त्री केपी ओलीपक्षले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी पक्षबाट अग्नि सापकोटा र हालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा आएको छ ।