सतुङ्गलमा आगलागी हुँदा पसल जलेर नष्ट

२६ मंसिर २०७६, बिहीबार १०:३१

काठमाडौं , चन्द्रागिरी नगरपालिकास्थित पेन्ट र कपडा पसलमा आगलागी भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार बिहीबार बिहान पसलमा एक्कासी आगलागी भएको हो ।
उक्त आगलागीबाट पसल जलेर नष्ट भएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको र आगलागी क्षतिको विवरण भने अहिलेसम्म आउन नसकेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिनुभयो ।